कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त पक्राउ

तुलसीपुर, १५ कात्तिक । कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्तलाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही ३ गैरीगाउँ बस्ने बर्ष २१ को दिपक परीयार, सोहि ठाउँ बस्ने १९ बर्षिय असोक जी.सी.र वर्ष २१ को डिनर पुन रहेका छन् । उनीहरु विरुद्ध कर्तव्य ज्यान सम्वन्धि मुद्धा दर्ता भएको थियो । सोहि वडाका १८ बर्षिय राम बहादुर चौधरीलाई २०७२ भदौ २९ गते हत्या गरेको अभियोगमा दोषी ठहर गदै उच्च अदालत तुलसीपुरले गएको जेठ २३ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो । फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले घोराहीबाट विहिवार पक्राउ गरी शुक्रवार दाङ देउखुरी जिल्ला अदालत पठाएको बताईएको छ ।

 

प्रकाशित मिति : २०७६ कार्तिक १५ गते शुक्रवार
प्रतिक्रिया