वनभोज खाएर फर्कदै गरेको ट्याक्टर देउखुरीमा दुर्घटना,३ जनाको मृत्यु

ओमप्रकाश गुप्ता देउखुरी १५ कार्तिक । दाङमा वनभोज खाएर फर्कदै गरेका किशोर किशोरी चढेको ट्याक्टर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १७ जना घाईते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भरतसिंह राठोरले जानकारी दिएका छन् । मृतकहरुको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

घाईतेहरुलाई उपचारको लागि लमही अस्पतालमा ल्याइएको छ । गढवा गाउँपालिका वडा नं. ६ चिल्लेका किशोर किशोरी बनभोजको लागी गढवा गाउँपालिका वडा नं. ५ चिसापानी पुगेका थिए । वनभोज पछी फर्कदै गर्दा वनभोज स्थल देखी दुई सय मिटर नजिक रा १ त २३९३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २०७६ कार्तिक १५ गते शुक्रवार
प्रतिक्रिया