प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौ, १५ कात्तिक । दुई दिन अस्पतालको बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओली विहिवार साँझ बालुवाटार फर्किनुभएको छ । दुईदिन लगातार मिर्गाैलाको डायलासिस गरेर प्रधानमन्त्री बालुवाटार फर्किनुभएको हो । अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्रीले आफू स्वस्थ रहेको प्रतिक्रिया दिनुभएको थियो । प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले बालुवाटारमै उच्च सतर्कर्तासहिते सेवा दिनेगरी ग्राण्डी इन्टरनेशनल अस्पतालबाट डिस्चार्ज गरेका हुन् ।
लामो समय अस्पताल बस्दा सन्देश नराम्रो जान सक्ने भन्दै प्रधानमन्त्री आफैले डिस्चार्ज हुन हतार गर्नुभएको बताइएको छ । चिकित्सकहरुका अनुसार यस्तो समस्या देखिदा अब कि त नियमित मिर्गौलाको डायालसिस गर्नुपर्ने हुन्छ । या त अब मृगौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । संक्रमणको उच्च जोखिम हुने भएकाले अब धेरै मान्छे सहभागी हुने कार्यक्रममा सहभागी नहुन चिकित्सकहरुले सुझाव दिएका छन् ।प्रधानमन्त्रीको उपचारमा संलग्न निजि चिकित्सक डा.दिव्य सिह शाह र ग्राण्डीका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले सामान्य उपचार भएको भन्दैआएपनि मिडियामा सबै विषय आएपछि विहिबारसाँझ मात्रै अस्पतालले डायलासिस गरेको खुलाएको हो ।

प्रकाशित मिति : २०७६ कार्तिक १५ गते शुक्रवार
प्रतिक्रिया