तीन मज्दुरको लिङ्ग काटेर हत्या गर्ने नेपाली भारतमा पक्राउ

सीपी लोहिया

बैतडी । भारतको पिथौरागढमा बैतडीका तीन जना नेपाली मजदुरको हत्या गरेको आरोपमा भारतीय प्रहरीले एक जना नेपालिलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका वडा न ५ घर भइ मजदुरीका लागी पिथौरागढमा काम गर्दै आइरहेका मृतकै भतिजा नाता पर्ने धन बहादुर बोहरा रहेको भारतीय प्रहरीले जनाएको छ ।

पिथौरागढमा काम गर्दै आइरहेका ३ नेपाली मजदुरहरुको बोहराले लिङ्ग काटेर हत्या गरेको आरोपमा भारतीय प्रहरीले उनलाइ पक्राउ गरेको हो । गत शुक्रबार ८ गते तीन जना नेपालीको लिङ्ग काटेर हत्या गरिएको थियो । भारतको पिथौरागढमा मजदुरी गरीरहेका बैतडीको पुरचौंडी नगरपालिका ५ दहतोलीका हरिश बोहरा, उनका सहोदर भाइ बीरा बोहरा र पुरचौडी नगरपालिका ४ भटनाका काशी बोहराको कात्तिक १० गते लिङ्ग काटिएको अवस्थामा पिथौरागढको दुर्गम गाँउको एक घरमा भारतीय प्रहरीले शव फेला परेको थियो ।

मजदुरहरुको हत्या आरोपमा पक्राउ परेका धनबहादुर बोहरा मृतक हरिश बोहराका भतिजा पर्ने भारतीय प्रहरीले बताएको छ । धनबहादुर बोहरालाई भारतीय प्रहरीले कात्तिक ११ गते पिथौरागढबाट करीब १२० किलो मिटर टाढा मुनस्यारीबाट पक्राउ गरेको हो । उक्त घटनाको अनुसन्धान गर्न बैतडीबाट पनि प्रहरीे सहायक निरीक्षक श्यामसिंह महराको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बैतडीले समेत प्रहरीको टोली भारत पठाएको थियो ।

उक्त घटनामा हत्या गरेको आरोपमा पक्राउ परेका धनबहादुरले सामान्य बिवाद हुदाँ मदिराको नसामा रहेका बेला आफूले नै तिनै जनाको लिंग काटेर हत्या गरेको बयान दिइसकेको प्रहरीे सहायक निरीक्षक महराले बताए ।

प्रकाशित मिति : २०७६ कार्तिक १४ गते बिहिवार
प्रतिक्रिया