संगिताको उपचारका लागि सहयोग

तुलसीपुर, १४ कार्तिक
तुलसीपुर १३ निबासी संगीता विश्वकर्माको उपचारकाका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । स्थानीय मोहन पौडेल र दिपशिखा घर्तीको पहलमा संकलित १० हजार रुपैयाँ पारिवारीक निजी वन महासंघकाका केन्दीय अध्यक्ष जोगराज गिरीले संगिताका श्रीमान कमल विश्वकर्मालाई हस्तान्तरण गरेका हुन । घर लिप्ने माटो खन्ने क्रममा असोज १३ गते माटोको ढीस्कोले पुरीएर घाईते संगिताको अहिले काठमान्डौमा उपचार भइरहेको छ । यस अघि वडाबासीले ८५ हजार र मोहन पौडेलकै पहलमा ५२ हजार रुपैयाँ संकलन गरेर पिडित परिवारलाई सहयोग गरिएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक १४ गते बिहिवार
प्रतिक्रिया