सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्याे

तुलसीपुर, १४ कार्तिक

तुलसीपुरमा बुधबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । दुर्घघटनामापरी गम्भिर घाइते १७ महिनाकी आदिसा चौधरीको भारतको लखनौमा उपचारको क्रममा मृत्यु भएपछि मृत्यु हुनेको संख्खया २ पुगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बर पालले जानकारी दिनुभयो ।

मृतक बालिकाकी आमा तुलसीपुर उपमहागनरपालिका –१६ निबासी २८ बर्षकी लक्ष्मी चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बुधबार नै मृत्यु भएको थियो । त्यसैगरी घटनामा परी गम्भिर घाइते भएका सोही ठाउँका ६० बर्षका इश्वरी प्रसाद बस्नेतको लखनौ र प्रविण चौधरीको कोहलपुर उपचार भइरहेको छ ।
नेपालगञ्जबाट तुलसीपुर आउँदै गरेको बा२ख ३९५९ नम्बरको हाइस र तुलसीपुरबाट जाँदै गरेको रा१ह ३५४९ नम्बरको अटो स्टार बोर्डीङ नजिकै ठोक्कीएका थिए । तिब्र गतिमा रहेको अटो रोकिराखेको हाइसमा ठोक्कीएर दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख नन्द पोखरेलले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०७६ कार्तिक १४ गते बिहिवार
प्रतिक्रिया