भमकेका रोमकान्तले किन गरे सूसाईट

तुसीपुर १४ कार्तिक
तुलसीपुर उपमहानगरपालिका–१ न्युरोड निबासी एक युवकले किटनासक औषधी सेवन गरेर आत्महत्या गरेका छन् । बुधबार साँझ घरमा पुगेका २९ बर्षका रोमकान्त पाण्डेले आमासंग पानी मागेर सल्फास नामक औंधी सेवन गरेको तुलसीपुर–१ का वडाध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिए । औषधी सेवन लगतै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगेपनि त्यहाँ उपचार सम्भव नभएपछि नेपालगंज रिफर गरिएको थियो । नेपालगंज लग्ने क्रममा बाटोमै मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् ।पाण्डेकाे शव भेरी  अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।      पाण्डेको दिउसो २ बजे भमकेखोलाको सिरकटटी बाँध्मा अन्तिम दाहसंस्कार गरिने बुबा तुलसीराम पाण्डेले जानकारी दिए ।

फोटो प्रेम हिताङको फेसवुकबाट 

प्रकाशित मिति : २०७६ कार्तिक १४ गते बिहिवार
प्रतिक्रिया