अनसन बस्ने प्रचण्डको चेतावनी

मोहतरी , १३ कार्तिक
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनसन बस्ने चेतावनी दिएका छन् । बुधबार महोत्तरीको पिपराहमा नेकपाले आयोजना गरेको एक कार्यक्रमा प्रचण्डले विकास निर्माणले गति नलिए आफूसमेत अनसन बस्ने स्थिति आउन सक्ने उनले बताए ।

तराई मधेशमा भइरहेका विभिन्न विकासका आयोजनाको नाम लिएर उनले ति आयोजनाको अहिलेसम्म भइरहेको प्रगति सैह्य नहुने बताए । दोस्रोपटक प्रधानमन्त्री हुँदा शिलान्यास गरेको जनकपुर–भिट्टामोड सडकको कार्यप्रगति निकै सुस्त भएको भन्दै उनले असन्तोष व्यक्त गरे । उनले १६ वर्षसम्म हुलाकी सडकको काम अघि नबढेकोप्रति पनि असन्तुष्टि जनाए । भारतले बनाउन सुरु गरेको यो सडक यस्तै अवस्थामा राखे आफूहरुउनले काठमाडौं फर्केर प्रधानमन्त्री केपी ओलीसँग संविधान संशोधनका लागि छलफल गर्ने आश्वासन पनि दिए ।

प्रकाशित मिति : २०७६ कार्तिक १३ गते बुधवार
प्रतिक्रिया