ओलीलाई आईसीयूमा राखेर उपचार गरिदै

तुलसीपुर,१३ कार्तिक

ग्राण्डी अस्पतालमा भर्ना भइ उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणको सम्पूर्ण रिपोर्ट आएपछि मात्रै बालुवाटार फर्किनुहुने भएको छ । स्वास्थ्यमा समस्या आएपछि विहान अस्पताल पुगेका प्रधानमन्त्री ओलीलाई आईसीयूमा राखेर उपचार गरिएको छ । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाह र ग्राण्डी अस्पतालका आईसीयू इन्चार्ज डा. सुवास आचार्यको टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको छ । प्रधानमन्त्रीलाई ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

स्वास्थ्य परीक्षणको सम्पूर्ण रिपोर्ट आएपछि मात्रै प्रधानमन्त्री अस्पतालबाट फर्कने अस्पतालले जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमनत्री नियमित परीक्षणका लागि अस्पताल पुग्नुभएको बताए । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओलीले नियमित औषधि खाँदै आएका छन् । गत भदौमा उनले दुई पटक सिंगापुर पुगेर उपचार गराएका थिए

प्रकाशित मिति : २०७६ कार्तिक १३ गते बुधवार
प्रतिक्रिया