तिहारमा अस्पताल बढार्दै तुलसीपुरका मेयर

तुलसीपुर, १२ कार्तिक
नेपालीहरुको महान पर्व तिहार, भाइटीकाको दिनमा पनि तुलसीपुरका मेयर घनश्याम पाण्डेले राप्ती प्रादेशिक अस्पतालको आँगन सफा गरेका छन् ।  १६६ औं क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर सरसफाई अभियान अन्र्तगत मेयर पाण्डेले अस्पतालको परिसरमा झाडु लगाएर सफा गरेका हुन् । टिकाको दिन घरमै बसेर सरसफाई तथा नुहाईधुहाई गर्ने समयमा मेयर पाण्डे लगाएत तुलसीपुरका दर्जनौ सामाजिक अभियन्ताहरुले अस्पतालको वरपर सरसफाई गरेर समाजिक उत्तर दायित्वको सन्देश प्रभाह गरेका छन् । अस्पतालको प्राङ्गगनमा रहेका, फोहरजनय, पातपतिङ्गर, पालष्टिक, सूर्ती, गुट्खा, चाउचाउ, विष्कुटका खोल लगाएतका फोहर संकलन गरेर त्यसको व्यवस्थापन गरिएको तुलसीपुर उपमहागनरपालिका सूचना अधिकारी झरेन्द्र खेरलले जानकारी दिए ।

सरसफाई अभियानमा तुलसीपुर उद्यागबाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजाल, बर्तमान अध्यक्ष बीरबहादुर रावत,(विरु) पारिवारीक निजी वन महासंघका केन्द्रीय अध्यक्ष जोगराज गिरी, प्रोफेसर मोहन डाँगी, तुलसीपुर उपमहागनरपालिका–६ का वडाध्यक्ष नवराज लामीछाने, लियो क्लब अफ तुलसीपुरका अध्यक्ष ध्रुबराज न्यौपाने (डि.आर.एन) लगाएतले सरसफाई अभियान तुलसीपुरको पहिचान भइसकेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताएका थिए । सरसफाई अभियानमा, पारिवारी निजी वन महासंघ, तुलसीपुर उद्यागबाणिज्य संघ, जेसिज, लियो क्लब आफ तुलसीपुर, भूतपूर्व प्रहरी संगठन, पूर्व कर्मचारी संगठन, संचार सगठन लगाएतको सहभागिता रहेको थियो ।

 

 

 

 

 

 

 

प्रकाशित मिति : २०७६ कार्तिक १२ गते मङ्गलवार
प्रतिक्रिया