सिसहनियाँ प्रहरीद्वारा पटाकाजन्य विष्फोटक पदार्थ बरामद

ओमप्रकाश गुप्ता,सिसहनियाँ ११ कार्तिक ।

प्रहरी चाैकी सिसहनियाँले अाइतवार ठुलो मात्रमा पटाकाजन्य पदार्थ बरामद गरेको छ । तिहार पर्व भित्रिय सँगै विभिन्न नाकाहरूबाट भित्रिएको पटाका व्यापारीहरूले खुलेयाम बिक्री गर्दा युवायुवती तथा बच्चाहरूले पटाका पट्काउने गरेका छन् । प्रहरी चाैकी सिसहनियाँको नियमित गस्ती गर्ने क्रममा राप्ती गाउँपालिका वडा ६ पत्थरगढवा चाैबाटो बजार क्षेत्रबाट बालबालिकाहरूले खेलाइरहेको पटाका र वडा नम्बर ५ को सिंगे गाउँबाट केही युवाहरूले पटका पट्काउने गरेको गोप्य सुचनाका अ।धारमा ती युवाहरूबाट गरी ८ हजार बराबरको विभिन्न ब्राण्डका १ हजार ७ सय ४९ पिस पटाका बरामद गरिएको प्रहरी चाैकी सिसहनियाँका प्रमुख प्रहरी नायव निरिक्षक गोपाल कुमार मल्लले जानकारी दिएका छन् ।

तिहार अवधीभर पटाकाजन्य पदार्थ बरामद गरि नष्ट गरिने बताइएको छ । पटाका खेलाउने बच्चाहरूलाई संझाइबुझाई छोडिएको छ भने मोटरसाइकलमा रहेका युवाहरूले पटाका फालेर भागेको प्रहरी नायव निरिक्षक मल्लले बताएका छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक ११ गते सोमवार
प्रतिक्रिया