पाँच नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलद्धारा तिहारको शुभकामना

दाङ, ११ कात्तिक । पाँच नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले संविधानको सफल कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा मुलुकअघि बढेको बताएका छन् । तिहारको शुभकामना सन्देश जारी गदै मुख्य मनत्री पोख्रेलले विकास र समृद्धिको वाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने लक्ष्य रहेको बताएका छन् ।

दिपावली अर्थात तिहार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएकासमस्त नेपालीदिदीबहिनी, दाजुभाइहरुमासुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना दिदै चाडपर्वको नेपाली समाजमा बहुआयामिक महत्व भएको बताएका छन् । पारिवारिक मिलन र सामाजिक सद्भावका लागि चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको उनको भनाई छ ।
साथै उनले नेपालीको मौलिकपर्व तिहारको मौलिकता जोगाउँदै अघि बढ्दा नयाँ पुस्ताप्रतिन्याय हुने बताएका छन् । परिवारिक मिलन र सामाजिक सद्भाव बढाउने पर्वहरु अहिले बोझिला र विकृति बोकेर आउनु नेपाली समाजका लागि चिन्ताको विषय भएको उनले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ । अहिले पर्वमा तडकभडक बढ्न थालेको छ उनले जारी गरेको सन्देशमा भनिएको छ सामाजिकमूल्यमान्यतालाई जोगाउँदै तडकभडक गरेर नभई मौलिक ढंगले चाडपर्व मनाउनध्यान दिनुपर्छ । तिहारमाजुवातास खेलेर सम्पत्तिबर्बाद गर्ने र पारिवारिक जीवनखण्डित पार्ने प्रवृति नेपाली समाजकालागि घातक छ । पटका पड्काउने क्रियाकलापले बालबालिकामा दुर्घटनाको जोखिम बढेको छ ।

 

प्रकाशित मिति : २०७६ कार्तिक ११ गते सोमवार
प्रतिक्रिया