मृत भेटिएका घिमिरेको अनुसन्धानका लागी तिन जना पक्राउ

तुलसीपुर,१० कात्तिक । तुलसीपुर १७ बनकट्टी निवासी २६ वर्षिय युवक गोपाल भनिने भिम प्रसाद घिमिरेको घटनाको विषयमा अनुसन्धान गर्नका लागी प्रहरीले तिन जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुई जनालाई घटना भएको दिन र एक जनालाई आईतवार विहान पक्राउ गरि अनुसन्धान सुरु गरिएको छ । घिमिरे शुक्रवार साँझ घरबाट निस्किएको र शनिवार दिउँसो गाउँमै मृत फेला परेका थिए । उनको पोष्टमार्टम पछि आफन्तीले शव बुझिलिएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुको नाम भने गोप्य राखीएको छ । उनको हत्या भएको प्रहरीले आसंका गरेको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक १० गते आइतवार
प्रतिक्रिया