तिहार लक्षित जिल्लामा ९ सय ८५ सुरक्षाकर्मी परिचालन, राती १० बजेपछि देउसी नखेल्न अपिल

लक्ष्मण विश्वकर्मा, तुलसीपुर १० कात्तिक । नेपालीहरुको दोस्रो ठुलो चार्ड तिहार सुरु भएसंगै जिल्लामा सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । चार्डपर्वको समयमा हुन सक्ने सम्भावित अपराधिक गतिविधि र सवारी दुर्घटनालाई न्युनीकरण गर्न लागी जिल्ला प्रहरी कार्यालय दाङ उच्च सर्तकता अपनाएको जिल्ला प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिएका छन् ।
जिल्लामा सुरक्षाका लागी ९ सय ८५ जना सुरक्षाकर्मी परिचालन गरिएको उनले बताएका छन् । जिल्लामा ९ सय ८५ सुरक्षाकर्मी जनशक्ति छ उनले भने ती सवै नागरिकको सुरक्षाका परिचालित छन् । साथै उनले समाजमा शान्ती सुरक्षा कायम राख्नका लागी हरेक नागरिकको पनि उत्तिकै भुमिका रहने भन्दै आम नागरिक आफै जिम्मेवार बन्न आग्रह समेत गरेका छन् । साथै कुनै अपराधिक घटना भए वा हुन लागेको थाहा पाएमा तुरुन्तै नजिकको प्रहरी चौकीलाई स्ुचना दिन पनि उनले आग्रह गरेका छन् । जिल्लाका विभिन्न स्थानमा प्रहरी परिचालन गरी चेकजाँचलाई कडाई गरिने समेत प्रहरीले बताएको छ ।
प्रहरी कार्यालय दाङले एक सुचना जारी गदै आम नागरिकमा सचेत रहन आग्रह गरेको छ । दाङ प्रहरीले चार्डपर्वको समयमा विभिन्न खाले सम्भावित घटनाहरुलाई मध्येनजर गदै आमनागरिकलाई आफु र अरुलाई सुरक्षित राख्न आग्रह गरेको छ । विशेषगरी सम्भावित सवारी दुर्घटना र अपराधिक गतिविधि हुन नदिनका लागी प्रहरीले १३ वटा बुद्धा समेटिएको अनुरोध पत्र जारी गरेको छ । चार्डपर्वको समयमा सार्वजनिक सवारी साधनमा यात्रा गर्दा बृद्ध, महिला, बालबालिका र फरक क्षमता भएका यात्रुहरुलाई विशेष प्राथमिकता दिन सवै यातायात मजदुरमा प्रहरीले अनुरोध गरेको छ ।
यस्तै यातायात मजदुरले मादक पदार्थ सेवन नगर्न, तिव्र गतिमा साधन नचलाउन आग्रह गरिएको छ । त्यस्तैगरी सार्वजनिक सवारी सधानमा यात्रा गर्दा कुनै अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान यात्रुहरुमा आग्रह गरिएको छ ।
उद्योगपति व्यापारीहरु र राजमार्गमा चल्ने सवारी साधनहरुबाट आर्थिक सहयोगको नाममा चन्दा संकलन, चिठ्ठा उपहार जस्ता गैर कानूनी कार्य नगर्न , मादक पदार्थ सेवन गरी जथाभावी होहल्ला र झैझगडा नगर्न, देउसी भैलो खेल्ने र रमाईलो गर्नेमा नाममा डिजे र ठुलो आवाजको साउण्ड सिस्टम प्रयोग नगर्न, घर तथा कोठा लामो समय सम्म छाडेर चाडपर्व मनाउन जाँदा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन, जुवा, तास तथा लंघुरबुर्जा जस्ता खेलमा संलग्न नहुन र भएको देखेमा जानकारी दिन,आतिसबाजी, भुई चम्पा, पटका जस्ता विष्फोटक पदार्थको प्रयोग नगर्न, नगद साथमा राखि तथा बहुमुल्य गरगहना लगाई कुनै मेला, पर्व, भिडभाड तथा एकान्त ठाउँमा एक्लै हिडडुल नगर्न प्रहरीले आम नागरिकमा अनुरोध गरेको छ ।
राती १०ः ०० बजे पछि देउसी नखेलन आग्रह
तिहारको समयमा खेलिने देउसीभैलो मर्यादित बनाउन प्रहरीले सवैमा आग्रह गरेको छ । यस्तै ठुलो साउण्ड भएको डिजे प्रयोग नगर्न, जवरजस्ती दक्षिणा नमाग्न, राती १० : ०० बजे पछि नखेल्न, मादक पदार्थ सेवन गरी देउसी भैलो नखेल्न पनि प्रहरीले सवैमा अपिल गरेको छ । साथै कुनै स्थानमा अप्रिय घटना भएमा तत्काल प्रहरी कन्ट्रोल कक्षको नम्बर १०० र ९८५७८९०१०१ मा सुचना दिन जिल्ला प्रहरी कार्यालय दाङले अनुरोध गरेको छ ।।

प्रकाशित मिति : २०७६ कार्तिक १० गते आइतवार
प्रतिक्रिया