घोराहीमा नगद ३५ हजार सहित १२ जना जुवाडे पक्राउ

तुलसीपुर १० कात्तिक । दाङको घोराहीमा १२ जना जुवाडेलाई नगद ३५ हजार रुपैया सहित प्रहरीले पक्राउ गरेको छ ।
घोराही ८ बेलुवा बस्ने बर्ष २६ को सन्तोष कोरीको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा गएको वडा प्रहरी कार्यालय घोराहीको टोलीले गएराती उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी टोलीले उनीहरुको साथबाट ३५ हजार ६ सय ३० रुपैया नगद र १ गड्डी तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेहरुमा घोराही १० बस्ने बर्ष २६ को बुद्धिराम चौधरी,सोहि वडाका २२ बर्षिय शिव चौधरी, वडा नम्वर ८ बस्ने बर्ष २६ को कुल बहादुर चौधरी, सोहि वडा बस्ने सजिन नेपाली, १९ वर्षिय खिम बहादुर विक, २० वर्षिय जिवन चौधरी, २२ बर्षिय सुन्दर प्रसाद चौधरी,२१ बर्षिय सुवाश चौधरी, २८ बर्षिय बासुदेव चौधरी, २७ बर्षिय बिमल चौधरी र अनिल चौधरी रहेका छन् । उनीहरु विरुद्ध जुवा सम्वन्धि कसुरमा मुद्दा दर्ता गरी आबश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक १० गते आइतवार
प्रतिक्रिया