साहित्य परिवार दाङको अध्यक्षमा भण्डारी

तुलसीपुर, ९ कात्तिक । प्रगतिशील साहित्य परिवार तुलसीपुर दाङको विशेष भेला शनिवार तुलसीपुरमा भएको छ । परिवार दाङ उपाध्यक्ष टीका बस्नेतको अध्यक्षतामा बसेको भेलामा संस्थाका सस्थापक सचिव राम प्रसाद जैसीले साहित्यले समाज परिवर्तनका लागी महत्वपुर्ण भुमिका खेलेको बताएका थिए । साथै उनले यसमा सर्जकहरुले अझ नयाँपन र समाजमा भएका घटनालाई यर्थात रुपमा उजागर गर्नुपर्ने बताएका छन् । सो अवसरमा सस्थापक उपाध्यक्ष भरत भण्डारीले साहित्यकारहरु समाजको गहना भएकोले जनताका कुराहरु समेटेर अगाडि बढनुपर्ने बताएका थिए । भेलामा इच्छुक साहित्य प्रतिष्ठानका हिरामणी दुखी, रमा नेपाली ,दिपा घिताल, युवराज बस्याल ,खगेश्वर भण्डारी ,मनोज थापा लगाएतले आ आफना रचना बाचन गरेका थिए ।
भेलाले खगेश्वर भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।जसको उपाध्यक्षमा डिल्ली बस्नेत “सङ्गीत“ , सचिवमा दिपा घिताल, सह सचिबमा दुर्गा बि क र कोषाध्यक्षमा प्रेमराज पाण्डे चयन भएका छन् ।
यस्तै सदस्यहरुमा युवराज बस्याल ,रमा नेपाली ,मनोज थापा ,इश्वरी प्रसाद गैरे चयन भएका छन् भने सल्लाहकारमा हिरामणी दुखी, टिकाराम रेग्मी ,राम प्रसाद जैसी,भरत भण्डारी ,शालिकराम रजौरे, टीका बस्नेत रहेका छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक ९ गते शनिवार
प्रतिक्रिया