बनकट्टीमा एक युवक मृत फेला

तुलसीपुर, ९ कात्तिक । तुलसीपुरमा एक युवक मृत फेला परेका छन् । तुलसीपुर १७ बनकट्टी निवासी २६ वर्षिय युवक गोपाल भनिने भिम प्रसाद घिमिरे मृत फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । गाउँकै सडक बाटोमा मृत अवस्थामा शनिवार विहान ११ वजेतिर स्थानियले देखी पछि प्रहरीलाई खवर गरेका थिए । शवलाई पोष्टमाटमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखीएको छ । मृतक घिमिरेका श्रीमती र एक छोरा रहेको बताईएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक ९ गते शनिवार
प्रतिक्रिया