चितुवाको छालासहित दाङका युवा रुकुममा पक्राउ

तुलसीपुर, ९ कार्तिक

पश्चिम रुकुममा प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तरगंगा गाउँपालिका–४ निबासी अर्जुन बुढा भन्ने छायाँ विक र दाङको घोराही उपमहानगरपालिका–१२ निबासी गणेस नेपाली रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । विशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले पुथा नगरपालिका–७ दैरीदहबाट छालासहित दुई जनालाई पक्राउ गरेको हो । संरक्षीत वन्यजन्तुको तीन वटा छाला सहित यसअघि पनि प्रहरीले केहि व्यक्तिलाई पक्राउगरी मुद्दा चलाएको थियो ।

प्रकाशित मिति : २०७६ कार्तिक ९ गते शनिवार
प्रतिक्रिया