बागलुङमा जीप दुर्घटना हुदा चालक र सहचालकको मुत्यु

बाग्लुङ , ९ कात्तिक । बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । गाउँपालिका वडा नम्बर ३ तमानदेखि वडा नम्बर–१, बोङ्गादोभान बजारतर्फ जादै गरेको ध १ ज ७०५ नम्बरको जीप रिक्लाङमा दुर्घटना भएको थियो । दुर्घटनामा परि मुत्यु हुनेमा तमानखोला गाउँपालिका–१ का चालक झकबहादुर विक र सहचालक ओमबहादुर गोतामे रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभयो ।यात्रु छोडेर घरतर्फ फर्कदै गरेका जीप घुम्तीमा साँघुरो भएका कारण सडकदेखि तल खसेर दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक ९ गते शनिवार
प्रतिक्रिया