नेकपा केन्द्रिय सदस्य विश्वासीलाई मातृशोक

तुलसीपु्र, ९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रिय सदस्य भागवत विश्वासीलाई मातृशोक परेको छ । नेकपा दाङ दाङ सहईन्चार्ज समेत रहेका तुलसीपुुर उपमहानगरपालिका वडा नम्वर १८ दुधराज निवासी विश्वासीका ममतामयी आमा लक्षीमा नेपालीको ७४ वर्षको उमेरमा गएराती दुखद निधन भएको छ । उहाको आज विहान ९ बजे पत्रेखोला आर्यघाटमा अन्त्येष्टि गरिने बताईएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक ९ गते शनिवार
प्रतिक्रिया