१२ बर्षकी बालिकाको पेटमा पाँच महिनाको गर्भ

तुलसीपुर,८ कार्तिक
अछाममा एक बालिकाको पेटमा पाँच महिनाको गर्भ भेटिएको छ । कुकुरले टोकेपछि उपचार गर्न अस्पताल ल्याएपछि १२ बर्षीया बालिकाको पेटमा बच्चा रहेको अचम्मको रहस्य खुलेको हो । कुकुरले टोकेपछि सूई लगाउन अस्पताल ल्याएका बाबुलाई चिकित्सकले यस्तो जानकारी दिएपछि उनि छाँगाबाट खसेझै भएका थिए । बुबाले गर्भले फुलिएको पेट पनि चेक गर्न चिकित्सकलाई भनेका थिए । त्यसपछि घटना सार्वजनिक भएको थियो । सुस्त मनिस्थिकी ती बालिकाको गर्भ कसरी रहयो भन्ने कुराको खोजी सुरु गरेको छ । ती बालिकालाई कसैले बलात्कार गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक ८ गते शुक्रवार
प्रतिक्रिया