घोराहीमा एक हजार लिटर बढि मदिरा नष्ट

तुलसीपुर, ८ कात्तिक । जिल्ला प्रहरी कार्यालय दाङले एक हजार लिटर वढि अवैध घरेलु मदिरा बरामद गरी शुक्रवार नष्ट गरेको छ । जिल्लाका विभिन्न स्थानबाट विभिन्न समयमा बरामद गरिएका घरेलु मदिरा घोराही १७ कटुवा खोला किनारमा लगेर नष्ट गरेको प्रहरीले बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुख र घोराही १४ र १५ का वडा अध्यक्ष तथा पत्रकारहरुको रोहवरमा उक्त मदिरा नष्ट गरिएको हो ।

प्रकाशित मिति : २०७६ कार्तिक ८ गते शुक्रवार
प्रतिक्रिया