रोल्पामा मोटोको ढिस्कोले पुरिएर एक जनाको मुत्यु

दाङ, ७ कात्तिक । घर रङ्गाउने कमेरो माटो खन्ने क्रममा आएको पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको रोल्पा नगरपालिका–३ कमिरेधारामा विहीबार माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया किशोरी पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार सोहि घटनामा परि सोहि ठाउँकी २२ वर्षीया कर्मा रोका घर्ती र २२ वर्षीया स्यानी घर्ती घाइते भएका छन् । रोकाको छातीमा र घर्तीको टाउकोमा चोट लागेको छ । घाईतेहरुको उद्धार गरी स्थानिय अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७६ कार्तिक ७ गते बिहिवार
प्रतिक्रिया