कात्तिक १३ गते सार्वजनिक बिदा दिईने

काठमाडौ, ७ कात्तिक । सरकारले नेवार समुदायको भाइटीका (किजा पूजा) को लागि यहि कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार गृह मन्त्रालयले भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको हो।गृहसचिव प्रेमकुमार राईका अनुसार कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। तिथिअनुसार यस वर्षको तिहारकात्तिक १२ गते भाइटिका परेको छ। पञ्चांग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेको थियो।

प्रकाशित मिति : २०७६ कार्तिक ७ गते बिहिवार
प्रतिक्रिया