वडा नम्बर ११ मा बन्यो सभाहल

तुलसीपुर, ७ कार्तिक । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ ले सुविधा सभाहल निर्माण गरेको छ । नगरका अन्य वडामा सामान्य बैठक बस्ने खालको भएतापनि कार्यक्रम गर्ने खालको कुनै सभाहल छैन । वडाले आफ्नै भवणको तलामा सभाहल निर्माण गरेकोे वडाध्यक्ष चित्र बहादुर वलीले जानकारी दिएका छन ।

२० लाख लागतमा एक सय बढि अट्न सक्ने सभाहलको केहि काम अझै बाँकि रहेको छ । ‘कुनै कार्यक्रम गर्न हल खोज्नुपथ्र्यो अव सजिलो हुने भयो’ वडाध्यक्ष वलीले भने । वडाले सम्पन्न गरेका योजना मध्ये सभाहल ठुलो योजना हो । यो बाहेक वडाले विषेश गरी सडक र सिचाई लाई प्राथकिमता दिएको छ । विभिन्न स्थानमा सडक चौडा पार्नुका साथै पक्कीनाला समेत निर्माण गरेको छ । यही वडाको श्रीमणि आचार्य स्मृति मार्गको सडक कालोपत्रे गरिएको छ। वडाले सिचाईको लागि पक्की नहर निर्माण गरेको जनाएको छ ।

सुकौरामा निर्माण गरिएका नहर बाट सयौं किसानलाई सहज भएको छ । यस्तै,बेलटाकुरामा रहेको श्वास्थ्य चौकिमा ल्याव सेवा,दिवासेवा केन्द्रको भवण निर्माण,नवलपुरको सडकमा आरसिसि ढलाई ,अमर माविमा भौतिक पुर्वाधार सुधार लगायतका थुप्रै साना योजनाहरु सम्पन्न गरेको वडा सदस्य शुवास डिसीले जानकारी दिएका छन । यसका साथै ऐतिहासिक सुकौराकोटलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न विषेश ध्यान दिईएको उनले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७६ कार्तिक ७ गते बिहिवार
प्रतिक्रिया