आँखा अस्पताल हुदै हापुर घोराही जोड्ने सडक कालोपत्रे हुने, मन्त्रीद्धारा बाटो अवलोकन

लक्ष्मण विश्वकर्मा, दाङ, ७ कात्तिक ।तुलसीपुर ४ रक्षाचौर आँखा अस्पताल हुदै हापुर घोराही जोड्ने सडक कालोपत्रे हुने भएको छ । प्रदेश नम्वर ५ का भौतिक योजना तथा पुर्बाधार मन्त्री बैजनाथ चौधरीले उक्त सडक खण्डको स्थलगत अवलोकन गदै सडक कालोपत्रेका लागी प्रदेश सरकारबाट पाँच करोड रुपैया बजेट विनियोजन गर्ने घोषणा गरेका छन् ।
वडा अध्यक्ष बालकृष्ण राणाको पहलमा मन्त्री चौधरी सहित राष्टिय सभा सदस्य कोमल वली, पुर्व सांसद अनारकली मिया, नेकपा प्रदेश पाँच कमिटि सदस्य सरस्वती गौतम, पुर्वाधार सडक डिभिजन प्रमुख बासुदेव भण्डारी, वडा जनप्रतिनिधि र स्थानिय बुद्धिजिवीहरुको सहभागितामा सडक बाटोको अवलोकन गरिएको हो ।

मन्त्री चौधरीले सडक बाटोको अवलोकन गदै प्रदेश सरकारको तर्फबाट उक्त बजेट विनियोजन गर्ने घोषणा गरेको वडा अध्यक्ष राणाले जानकारी दिएका छन् ।तुलसीपुर,रक्षाचौर, आँखाअस्पताल ,घोरानेटी ,लामिदमार,सुकिदह,खाद्रे हुँदै हापुर घोराही जोड्ने सडक कालोपत्रे हुने भएको हो ।उक्त बजेटले रक्षाचौर आँखाअस्पतालबाट सडक कालोपत्रेको काम सुरु हुनेछ ।
पहिलो चरणमा तत्काल कालोपत्रे गर्नका लागी आँखाअस्पताल,घोरानेटी ,लामिदमार,सुकिदह, हुँदै ग्वारखोला सम्मको टेण्डर प्रक्रिया अघि बढाईने भएको छ । संघिय सरकारको तर्फबाट पुर्व तर्फ घोराहीबाट सुरुवात गरिएकाले पश्चिम क्षेत्रको आँखा अस्पतालबाट कालोपत्रेको काम सुरु गरीने वडा अध्यक्ष रानाले बताएका छन् । सो अवसरमा वडा अध्यक्ष राणाले मन्त्री चौधरीले सडक कालोपत्रेका लागी बजेट घोषणा गरेको प्रति प्रदेश सरकारलाई धन्यवाद समेत दिएका छन् ।
आफु वडामा निर्वाचित भएर आए देखी नै वडाबासीहरुको आबश्यकता अनुसार उक्त सडकको स्तरोन्नती र कालोपत्रे गर्ने चाहाना भएकाले विगत देखी नै तुलसीपुर उपमहानगरपालिका कार्यालय, प्रदेश सरकार र संघिय सरकार संग पटकपटक पहल गदै आएको अध्यक्ष राणाले बताएका छन् ।अहिले उक्त सपना पुरा हुने अवस्था रहेको उनले बताएका छन् ।

यस अघि विगत लामो समय देखी उक्त सडक खण्डको पटकपटक सडक विस्तार संगै स्तरोउन्नतीको चर्चा धेरै भएपनि काम हुन सकेको छैन । केहि वर्ष पहिले तत्कालिन हलवार गाविस र तुलसीपुर नगरपालिका हुदा दुई करोड देखी ३४ करोड रुपैया बजेट विनियोजन भएको हल्ला चलेको थियो । तर त्यतिबेलाको हल्ला हल्लामै सिमित भएको त्यहाका जानकारहरु बताउँछन् ।
सोहि सडकका लागी अर्को पटक सोह्र लाख बजेट विनियोजन भएको थियो । उक्त वजेट कार्यन्वयन गर्नका लागी त्यति बेला उपभोक्ता समितिको अध्यक्ष टिकाराम खड्का रहेका थिए । अहिले स्थानिय सरकार आईसकेपछि वडा अध्यक्षको अग्रसरतामा पहिलो पटक सडक कालोपत्रेका लागी मन्त्री चौधरीले बजेट घोषणा गरेसंगै त्यहाका वडा बासीहरु हर्सित भएका छन् । स्थानिय बासी तथा किसान अघुवा दोलक खत्रीले मन्त्रीले बजेट घोषणा गरेको कुरा सुन्दा आफु खुसी भएको बताएका छन् ।यस अघि पटकपटक बजेट आएको हल्ला चलाईयो उनले भने तर यस पटक भने सडक कालोपत्रेको कामले पुर्णता पाओस् ।
उक्त सडक कालोपत्रे भएमा हजारौ नागरिक लाभान्वित हुने बताईएको छ ।  सडक बाटो व्यवस्थित नहुदा रक्षाचौर आँखा अस्पताल हुदै घोरानेटी, लामीदमार,सुकिदह र खाद्रेको सडक बाटो बर्षातको समयमा हिलाम्मे र खाल्टाखुल्डी हुने र हिउँदमा धुलाम्मे हुने समस्याका कारण सास्ती भएको त्यहाका स्थानियहरुले बताएका छन् । सडक कालोपत्रे सम्पन्न भएमा धेरै सहज हुनेछ । यसैविच मन्त्री चौधरी सहितको उक्त टोलीले एतिहासीक पर्यटकिय स्थल चमेरेगुफा जाने सडक बम्नै हुदै चमेरेगुफा जाने सडक र वडा नम्वर ४ र ७ मा पर्ने बेत्रावतीखोलामा निर्माण हुने पुलको पनि स्थलगत अवलोकन गरेको हो ।

सडक कालोपत्रेका लागी बन समुहको बैठक

रक्षाचौर आँखा अस्पताल हुदै हापुर घोराही जोड्ने सडक कालोपत्रे गर्ने सम्वन्धमा वडाका स्थानिय बन समुहहरुको सयुक्त बैठक बसेको छ ।वडा अध्यक्ष बालकृष्ण राणाको अध्यक्षतामा बसेको बैठकले सम्वन्धित सामुदायिक वन समुहले बाटोले कटान् गर्न सक्ने सम्भावित रुख विरुवाको नम्वरिङ गर्ने र त्यस पछि आबश्यक प्रक्रिया पुरा गरी रुख कटान् गर्ने निर्णय गरेको छ । उक्त कार्यका लागी आबश्यक प्रक्रिया पुरा गर्न वडा कार्यालयको पहलमा सव डिभिजन कार्यालय तुलसीपुर संग समन्वय गरी केहि दिनमै घोराही पुगेर सम्वन्धित कार्यालयमा कागजपत्र पेश गरिने तयारी गरिएको वडा अध्यक्ष रानाले बताएका छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक ७ गते बिहिवार
प्रतिक्रिया