चाडपर्व लक्षित जिप्रका दाङको यस्तो आयो सार्वजनिक सुचना

दाङ , ६ कात्तिक । जिल्ला प्रहरी कार्यालय दाङले चार्डपर्वको समयमा हुने सक्ने सम्भावित अपराधिक घटनाबाट आफु सुरक्षित रहन र अरुलाई पनि राख्न सवैमा आग्रह गरेको छ । शुभदिपावली तथा छर्ठ पर्वलाई मध्येनजर गदै कार्यालयले एक सार्वजनिक सुचना जारी गदै सवै नागरिक सचेत रहन अपिल गरेको हो । कार्यालयले जारी गरेको सुचनामा भनिएको छ आदरणीय आमाबुबा, दाजुभाइ,दिदीबहिनी तथा सम्पूर्ण दाङ जिल्लाबासी जनसमुदाय समक्ष जिल्ला प्रहरी कार्यालय, दाङ “शुभ(दिपावली तथा छठ पर्व २०७६” को अवसरमा हार्दिक
मंगलमय शुभकामना अर्पण गर्दछौं । कुनै पनि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा बृद्ध, महिला, बालबालिका र फरक क्षमता भएका यात्रुहरुलाई विशेष प्राथमिकता दिन प्रहरीले सवैमा अपिल गरेको छ । यस्तै यात्रा गर्दा कुनैपनि अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान र बसको छतमा यात्रा नगर्न नगराउन पनि प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक ६ गते बुधवार
प्रतिक्रिया