कात्तिक १२ गते देखी कुखुराका चल्ला नपाल्ने किसानको चेतावनी

तुलसीपुर, ६ कात्तिक । जिल्लाका ब्रोईलर कुखुरा पालक किसानले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । आफुहरुको माग पुरा नभएमा यहि कात्तिक १२ गतेदेखी कुखुराका चल्ला नपाल्ने चेतावनी दिएका छन् । दाना र चल्लाको मुल्य बृद्धि हुदै जाने तर कुखुराको मुल्य घट्दै जानुले आफुहरुको व्यवसायी घाटामा रहेको भन्दै जिल्लाका कुखुरा पालक किसानहरुले मुल्य बृद्धि माग गदै आएका छन् । दाना र चल्ला व्यवसायी र सम्वन्धित निकायलाई पटकपटक आफना मागहरुको बारेमा जानकारी गराएपनि कुनै सुनुवाई नभएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरिएको किसान सरोकार मन्च दाङका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले बताएका छन् ।

किसानहरुले उचित मुल्य नपाएको गुनासो गरिरहदा आफुहरुले सम्वन्धित निकाय संग छलफल र वार्ता समेत गरेको उनको भनाई छ । आफुहरुलेआफना माग पुरा नभएमा यस अघि नै आगामी पौष १ गतेदेखी कुखुराको खोर खाली गर्ने निर्णय गरीसकेको अध्यक्ष न्यौपानेले बताएका छन् । जिल्लामा अहिले तिन सय भन्दा वढि कुखुरा पालक किसान रहेको बताईएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक ६ गते बुधवार
प्रतिक्रिया