स्थानिय सरकार: सडक र सिचाई प्राथमिकतामा

बसन्त परियार, तुलसीपुर, ६ कार्तिक । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ९ ले सडकलाई प्राथमिकता दिएर काम गरिरहेको छ । वडामा केहि भाग बजार क्षेत्र छ भने केहि विकट बस्ती समेत छ । वडाले हाल सम्म गरेका महत्वपुर्ण विकास निर्माणका कामवारे गरिएको स्थलगत अनुगमनमा वडाले विभिन्न स्थानमा पक्की नाला समेत निर्माण गरेको पाईएको छ । वडाको नँया बस्ती, थर्कुडाडा , कट्कुईयामा पक्की नाला निर्माण गरिएको छ । वडामा २ हजार ७ सय ६ मिटर सडकमा पक्की नाला निर्माण गरिएको छ ।

यस्तै वडाको बजार क्षेत्रमा सडक कालोपत्रे गरिएको छ । वडामा १ हजार ८ सय ५ मिटर सडक कालोपत्रे गरिएको सव ईन्जीनियर खड्क विश्वकर्माले जानकारी दिएका छन । यसका लागि वडा र उपमहानरपालीकाको ६०÷४० बजेटबाट सडक कालोपत्रे गरिएको हो । त्यस्तै विभिन्न स्थानमा नँया ट्रयाक खोलिएको छ । सडक बाहेक वडामा महत्वपुर्ण योजनाका रुपमा आधुनिक अटोभिलेज,पातुखोलामा तटबन्ध निर्माण गरिएको छ । यस्तै,राप्ती आयुर्वेद औषधालयमा योगाहलको निर्माण गरेको छ । त्यहा अहिले विहान योग गर्नेहरुलाई सहज भएको स्थानियहरु बताउछन । वडाको बजेट अन्र्तगत १४ लाख लागतमा योगाहल र कार्यालयमा गेटको निर्माण गरिएको छ ।

त्यस्तै दोघरे माविमा ७ लाखको बजेटबाट पर्खाल निर्माण गरिएको छ । त्यसैगरी उपमहानगरको एक वडा एक खेल मैदान अभियान अन्र्तगत थर्कुडाडामा गैरीचौर खेल मैदान निर्माण गरिएको छ । वडाको सहयोगमा गरिवि निवारणका लागि आर्यआर्जन गर्न कट्कुईयामा एक महिला समुहले ब्यावसायीक माछापालन गरेको छ ।

गिन पार्क बनाईने
वडाले यस बर्ष नवदुर्गा सामुदायीक बनमा ग्रिन पार्क बनाउने योजना अघि सारेको छ । पार्क निर्माण गरि पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने वडाध्यक्ष घनश्याम ढकालले बताएका छन । ‘अत्यन्त मनोरम बतावरण छ, त्यसैले यँहा पार्क निर्माण गरि पर्यटक भित्र्याउन सोचमा छौ’ वडाध्यक्ष ढकालले भने । पार्क निर्माण गरि दुई घोडा राख्ने र पार्कको भित्र तिर घोडा सयर गरेर अवलोकन गर्ने खालको योजना रहेको उनले बताएका छन ।

वडा नम्बर १० मा ६ सय मिटर सडक कालोपत्रे
कुनै बेला वडाको नँयागाउ,गोलौरी,चैलाहीको विभिन्न टोलमा विद्युत नहुदा समस्या थियो । तर अव सहज भएको वडा बासिको भनाई छ । ती स्थानमा १० लाख लागतमा विद्युत विस्तार गरिएको वडाध्यक्ष कुमार लामिछानेको भनाई छ । सबै ठाउमा विद्युतिरकण गरिएको हुदा वडा बासि विद्युतको पहुचमा रहेको उनको भनाई छ । उनले हाल आफ्नो वडा टुक्की मुक्त वडा रहेको दावि समेत गरेका छन ।

यस्तै वडाले हाल सम्म ६ सय ५० मिटर सडक कालोपत्रे गरेको जनाएको छ । वडाको राईखलियान ३ सय २५ र बनगाउमा ३ सय २५ मिटर सडक कालोपत्रे गरेको छ । यस्तै वडामा सिचाईको लागि चैलाही,बन्गाउ लगायतका स्थानमा पक्की नहर समेत निर्माण गरेको छ । ५÷ ५ लाख लागतमा नहर बनाएको हुदा यस बर्षको बर्षायाम र हिउदमा किसानहरुलाई सहज भएको उनी बताउछन ।

यसका साथै १० लाख लागतमा विभिन्न स्थानमा रहेका डिपबोरीङ मर्मत सम्भार गरिएको छ । यस्तै,वडाले जनजागृत माविमा तला थप,राईखलियान र गौरीगाउमा रहेका प्राथमिक विद्यालयमा तारवार र पर्खाल निर्माण गरिएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक ६ गते बुधवार
प्रतिक्रिया