करङ्गेकोटमा जेष्ठ नागरिकहरूका लागि निशुल्क स्वास्थ्य शिविर हुने

ओमप्रकाश गुप्ता,सिसहनियाँ ५ कार्तिक । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ स्थित जनता आधारभुत विद्यालय कङगेकोटमा कार्तिक ६ गते बुधबार जेष्ठ नागरिकहरूका लागि १ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । थकरिकोट,चित्रिकोट,पुनखोला,करङ्गेकोट र आसपासका जेष्ठ नागरिकहरुलाई बुढ्यौली व्यवस्थापन,खानपान तथा जीवन शैलीका बारेमा कुराकानी तथा परामर्श र स्वास्थ्य जाँच गर्न स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको)को आयोजना एवं बिष्ट स्वास्थ्य पोलिक्लिनिकको प्राबिधिक सहयोगमा डाक्टर विवेक पन्थीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण गर्ने संस्थाका अध्यक्ष तथा स्वास्थ्यकर्मी प्रकाश विष्टले जानकारी दिएका छन् । स्वस्थ र सभ्य समाज निर्माण गर्ने हाम्रो अभियान भन्ने मुल नारा लिएर विहान १० बजे देखि सुरू हुने शिविरमा सम्पुर्ण जेष्ठ नागरिकहरूलाई स्वास्थ्य शिविरमा सहभागी हुन आयोजकले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक ५ गते मङ्गलवार
प्रतिक्रिया