दाङमा ५२ हजार रुपैया सहित ५ जुवाडे पक्राउ

तुलसीपुर,५ कार्तिक । दाङमा ५ जना जुवाडे फेरी पक्राउ परेका छन । पक्राऊ पर्नेमा घोराही उपमहानगर पालिका १३ बस्ने बर्ष ४१ का ईश्वर बहादुर महरा , बर्ष ३६ को कमल बिक,२९ का नबिन जिएम , रोल्ला त्रिबेणी गाउँ पालिका १ बस्ने बर्ष ३१ का परभान पुन र बर्ष ३८ का भिम बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराही उप महानगरपालिका १३ डुमरगाउ स्थित डेरा गरी बस्ने कमल बिकको कोठामा तास खेली रहेको भन्ने सुचनाको आधारमा गएको प्रहरीको टोलीले आज विहान साढे ५ बजेतिर उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले तास खेलि रहेको अबस्थामा निम्न मानिसहरुलाई ४ गड्डी तास र नगद ५२ हजार ८ सय २५ रुपैया समेत बरामद भएको छ ।निजहरुलाई मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को (जुवा सम्वन्धि) कसुरमा मुद्दा दर्ता भई आवश्यक कारवाही अगाडी बढाइएको प्रहरीले जनाएको छ । यस अघि हिजो मात्रै ५ जना जुवाडे पक्राउ परेका थिए ।

प्रकाशित मिति : २०७६ कार्तिक ५ गते मङ्गलवार
प्रतिक्रिया