पश्चिम दाङमा पुलको उद्घाटन: मुख्यमन्त्री पोख्रेलले भने ‘समृद्धिको यात्रा रोकिदैन’

दिप्दीशिखा चौधरी,दंगिशरण, ४ कार्तिक । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारले अघि सारेको समृद्विको यात्रा नरोकिने बताएका छन् । दंगीशरण गाउँपालिका वडा नम्बर ३ र ६ जोड्ने चिरागार खोलामा पक्की पुलको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो बताएका हुन् । मुख्यमन्त्री पोख्रेलले भने ‘प्रदेश नम्बर पाँचले कुल ग्राहस्थ उत्पादनको ७.७प्रतिशत वृद्विदर हासिल गर्न सक्नु समृद्विको यात्रातर्फ उन्मुख हुनु हो ’ संविधान सभा निर्माणपूर्व नेपालको कुल ग्राहस्थ उत्पादन ४ प्रतिशत रहेको र संघीयता कार्यान्वयन भएसंगै ७ प्रतिशत नजिक पुग्नु नेपाल समृद्विको बाटोमा पुगेको गतिलो उदाहरण भएको मुख्यमन्त्री पोख्रेलले बताए ।

सात वटै प्रदेशमध्ये पाँच नम्बर प्रदेशले जनताको सहयोग र साथले विकास निर्माणका कार्यमा सबैभन्दा बढी रकम खर्चन सकेको मुख्यमन्त्री पोख्रेलले बताएका थिए । पश्चिम दाङ तुलसीपुर सुर्खेत सडकखण्ड कालोपत्र कार्य २ वषर््ाभित्र सम्पन्न हुने र त्यसपछि कर्णाली प्रदेशको प्रवेशद्वारकारुपमा पश्चिम दाङको विकास हुने बताएका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुजिता शाक्यले सरकारले प्रविधि भित्र्याएर गुणस्तरीय कामको सुरुवात गरेको बताईन् । कार्यक्रममा राष्ट्रिय सभा सदस्य कोमल वलीले जनताहरुको पिडालाई सरकारले महशुस गरीसकेको भन्दै हरेक वर्गको जिवन स्तर माथी उठाउँन सरकार लागिपरेको बताईन् । । सो अवसरमा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणको विकाश निर्माणका लागि आफु सधै तत्पर रहने भन्दै अवका दिनमा दंगीशरणलाई समृद्ध दंगीशरणको नामबाट परिचित गराउँने बताए ।

हजारौ जनसंख्या लाभान्वित

पूर्वाधार विकास कार्यालय दाङका इन्जिनियर चन्द्रबहादुर शाहले दिएको जानकारी अनुशार पुल ४ करोड ८० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएका ेहो । दामोदर मार्ग अन्र्तगत पुल निर्माण भएसँगै दंगीशरण र बबई गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका हजारौ जनसंख्या प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

२०७३ सालमा सम्झौता भएको पुल २ वर्षमा निर्माण कार्य सम्पन्न भएको थियो । जग्गा विवाद, निर्माण सामग्रीको अभाव र पूर्वाधार विकास कार्यालयबाट समयमै रकम भुक्तानी हुन नसक्दा एक वर्ष ढिला सम्पन्न भएको इन्जिनियर शाहले जानकारी दिए । सो अवसरमा समयमै पुल निर्माण सम्पन्न गरेको भन्दै निर्माण व्यवसायी पूर्णबहादुर भण्डारीलाई सम्मान गरीएको थियो ।

निर्माण व्यवसायी भण्डारीले व्यवसायमा ३४ वर्षमा दाङ जिल्लामा १२ वटा पूल निर्माण समयमै निर्माण गरेपनि राज्यबाट कुनै सम्मान नपाएको अवस्थामा पूर्वाधार विकास कार्यालयको सम्मानबाट उत्साहित भएको बताए । पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री वैजनाथ चौधरीको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : २०७६ कार्तिक ४ गते सोमवार
प्रतिक्रिया