घोराहीमा पाँच जना जुवाडे पक्राउ

तुलसीपुर, ४ कात्तिक । घोराहीमा जुवाको खालबाट पाँच जना जुवाडे पक्राउ परेका छन् । घोराही १५ मिलनचोक स्थित बाल्मि के.सीको घरमा डेरा गरी बस्ने बर्ष २९ को निम बहादुर भण्डारीको कोठाबाट आइृतवार बेलुकी साढे छ बजे उनीहरुलाई २ गड्डी तास र ७४ हजार ५ सय ६० रुपैया नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेहरुमा भण्डारी सहित रोल्पा लुङ्ग्री गाउँपालिका ३ बस्ने बर्ष ३२ का प्रेम बहादुर बिष्ट, थवाङ गाउँपालिका १ बस्ने बर्ष ३० को कमल विक, घोराही १३ बस्ने बर्ष ३६ को केशव बहादुर डाँगी र सोहि ठाउँ बस्ने ३२ बर्षिय श्यामलाल विक रहेका छन् । उनीहरु विरुद्ध जुवा सम्वन्धि कसुरमा मुद्दा दर्ता गरी आबश्यक कारवाही अघि बढाईएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक ४ गते सोमवार
प्रतिक्रिया