डिभिको प्रभाव राहदानी लिने बढे, डिभि भर्ने घटे

लक्ष्मण विश्वकर्मा, तुलसीपुर ४ कात्तिक । सयुक्त राज्य अमेरिकाले सन् २०२१ का लागी खुला गरेको अमेरिकी डाइभर्सिटी भिसा (डीभि) भर्नका लागी राहदानी नम्बर, म्याद र ईमेल ठेगाना अनिवार्य गरे पछि अहिले अहिले राहदानी बनाउनेकोे संख्या ह्वात्तै बढेको छ । विगतका वर्षहरुमा राहदानी बिना नै डिभि भर्ने गर्दथ्ये । तर अहिले दुतावासले डिभि भर्न राहदानी अनिवार्य गरेको छ । डिभि भर्ने सोच बनाएकाहरुले अहिले राहदानीका आवेदन दिन थालेका छन् ।
डिभि भर्नका लागी राहदानी नम्वर, राहदानीको म्याद अनिवार्य उल्लेख गर्नुपर्ने प्रावधान छ ।

जसले गर्दा अहिले डिभि भर्नेको संख्या भन्दा राहदानी लिनेको संख्यामा बृद्धि भएको सम्वन्धित कार्यालयले बताएका छन् । यता ईलाका प्रशासन कार्यालय तुलसीपुरमा राहदानी लिनेको दिनहुं भिड लाग्ने गरेको कार्यालय बताएको छ ।
कार्यालयका सुचना अधिकारी यादव भुसालका अनुसार राहदानी सेवा लिनेको संख्या ह्वात्तै बढेपछि कार्यालयमा भ्याईनभ्याई भएको छ । अन्य समयमा राहदानी लिनेको संख्या दैनिक सरदर १५÷२० जना हुने गरेकोमा अहिले दैनिक एक सय भन्दा वढि छ ।

राहदानीका लागी कार्यालयबाट सेवा लिनेको संख्या बढि रहेको छ भने दु्रत सेवा लिनेको संख्या कमि रहेको कार्यालयले बताएको छ । कार्यालयबाट एकै दिन एक सय दुई जनाले राहदानीको सेवा लिएको कार्यालयले बताएको छ । राहदानीको लागी कार्यालयमै फाराम भरेमा २०÷२५ दिन समय लाग्ने र दु्रत सेवा लिन चाहेमा कार्यालयबाट सिफारिस लिने सकिने छ । कार्यालयबाट सेवा लिएमा पाँच हजार र दु्रत सेवा लिएमा दश हजार रुपैया शुल्क लाग्ने गर्दछ ।
तर पछिल्नो समयमा सेवाग्राहीको केहि कम हुदै गएको छ । डिभि भर्ने अवधी सकिन केहि समय भएकाले राहदानी बनाउन लाग्ने समय बढि हुने हुदा राहदानी लिनेको संख्यामा अव कम हुदै जाने कार्यालयले बताएको छ ।
अमेरिकाले गत असोज १५ गते देखी आवेदन खुला गरेको छ ।

आवेदन खुला भएसंगै राहदानी लिनेको संख्यामा धेरै बृद्धि भएको सुचना अधिकारी भुसालले बताएका छन् । यस्तै जिल्ला प्रशासन कार्यालय दाङमा पनि राहदानी लिनेको संख्यामा तेब्वरले बृद्धि भएको कार्यालयका राहदानी प्रमुख नवराज शर्माले जानकारी दिएका छन् । अन्य समयमा कार्यालयमा राहदानी लिनेको संख्या दैनिक सरदर २० जना रहेकोमा अहिले दैनिक ५०÷६० जना संख्या रहेको उनले बताएका छन् ।
उता ईलाका प्रशासन कार्यालय लमहीमा पनि राहदानी लिनेको संख्यामा बृद्धि भएको छ । अन्य समयको तुलनामा यस पटक डिभि भर्नका लागी राहदानी नम्वर र म्याद थप गर्नेको संख्यामा बृद्धि भएको कार्यालयले बताएको छ । डिभिका लागी आगामी २०१९ नोभेम्बर ५ तारिख अर्थात यहि कात्तिक १९ गते दिउँसो १२ बजेसम्म आवेदन दिन सकिनेछ ।
डिभि भर्नेको संख्यामा कमी
अमेरिकाले डिभि भर्नका लागी विगतका वर्षमा भन्दा यस वर्ष केहि कागजपत्र थप गदै राहदानी नम्वर, म्याद अनिवार्य लागु गरेपछि डिभि भर्नेको संख्यामा कमी आएको व्यापारीले बताएका छन् ।तुलसीपुर विपिचोक स्थित इन्द्रेणी कलर ल्याबमा अहिले फाराम भर्नेको संख्या अत्यन्तै न्युन रहेको प्रोप्राईटर सुदिप खड्काले बताएका छन् ।
विगतका वर्षमा डिभि भर्नेहरुको भिड हुने गरेकोमा अहिले फाराम भर्नेको संख्या थोरै मात्रामा रहेको उनले बताएका छन् ।विगतका वर्षमा एक हजार बढिको फाराम भरेकोमा यस पटक दुई सय सम्म पुग्ने अनुमान गरिएको उनको भनाई छ ।
१४ मुलुकले आवेदन दिन नपाउने
अमेरिकाले खुला गरेको डिभि भर्नका लागी केहि देशलाई प्रतिबन्ध लगाएको छ ।जसमा भारत, पाकिस्तान, बंगलादेश, ब्राजिल, क्यानडा, दक्षिण कोरिया, मेक्सिको, नाइजेरिया, फिलिपिन्स लगायतका १४ मुलुकले यसबर्षबाट आवेदन दिन नपाउने भएका छन् । यी मुलुकहरुको लागि ‘डीभी’कोटा पुगिसकेकाले आवेदन नलिईने अधिकारीहरुले बताएका छन् ।

 

प्रकाशित मिति : २०७६ कार्तिक ४ गते सोमवार
प्रतिक्रिया