राष्ट्रपति म्यान्मारको भ्रमण सकेर जापान जादै

काठमाडौ, ३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी आईतवार जापान जादै हुनुहुन्छ । म्यान्मारको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मार जानु भएका राष्ट्रपति घण्डारी त्यहीबाट जापान जान लाग्नु भएको हो । म्यान्मारको पाँचदिने राजकीय भ्रमण पूरा भएको छ । आजदेखि पर्सीसम्म उहाँ जापान भ्रमणमा रहनु हुनेछ । राष्ट्रपतिका साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत सहभागि छन् । राष्ट्रपतिसहितको प्रतिनिधिमण्डल जापानी सम्राटको पर्सी कार्तिक ५ गते हुने राज्याभिषेक समारोहमा सहभागी भएर कात्तिक ६ गते स्वदेश फर्किने छन् । जापानमा रहँदा भारतीय राष्ट्रपतिसँग पनि भेट हुनेछ ।

प्रकाशित मिति : २०७६ कार्तिक ३ गते आइतवार
प्रतिक्रिया