बमकाण्ड आरोपमा पक्राउ परेका सांसद आलमलाई आज अदालत लगिँदै

दाङ, ३ कात्तिक । राजपुर बमकाण्ड आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमलाई आज अदालतमा पेश गरिने भएको छ । प्रहरी हिरासतमा रहनुभएका सांसद आलमले बयानमा सहयोग नगरेपछि आज फेरि म्याद थपका लागि अदालतमा पेश गर्न लागिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यसअघि अदालतले गत आइतबार थुनामा राखि अनुसन्धान गर्न दिएको म्याद हिजो सकिएको हो । सात दिनको अवधिमा सांसद आलमले आफू बिरामी रहेको कानूनी सल्लाहकारबिना बयान नदिने भनेपछि प्रहरीले बयान लिन नसकेको प्रहरीले जनाएको छ । आलमले अनुसन्धानमा सहयोग नगरे म्याद थपका लागि अदालतमा पेश गर्नुपर्ने कानूनी बाध्यता रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०७६ कार्तिक ३ गते आइतवार
प्रतिक्रिया