दाङ प्रहरीद्धारा बरामद गरिएका हतियार र बम सार्वजनिक

तुलसीपुर १ कात्तिक /दाङमा पक्राउ परेका विप्लव नेतृत्वका नेता कार्यकर्तासंग प्रहरीले ठूलो परिमाणमा हतियार बरामद गरेको छ । प्रहरीले लोड गरिएको अवस्थामा अमेरीकी पेस्तोल दुई थान, कटुवा पेस्तोल चार थान, सुतली बम एक थान, ३०३ राईफलमा लाग्ने गोली पाँच थान, ३ लाख ८४ हजार ५ सय ३० रुपैयाँ नगद, २४ थान मोबाईल, विभिन्न महत्वपूर्ण दस्तवेज र ठेली बरामद गरेको छ ।

 

जनपथ र शसस्त्र प्रहरीको टोलीले बुधबार राति करिब एक बजे राजपुर गाउँपालिका – ४ मरठे स्थित एक घरमा घेरा हालेर प्रतिवन्धीत विप्लव नेतृत्वको नेपाल कम्युनष्टिका २१ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको थियो । उनिहरुलाई हातहतियार खरखजना, विष्फोटक पर्दाथ ओसार पसार शिर्षकम मुद्दा चलाईने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख जनक भट्टराईले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७६ कार्तिक १ गते शुक्रवार
प्रतिक्रिया