हतियारसहित विप्वल समूहका नेता पक्राउ परेको पुष्टि

ओपेन्द्र बस्नेत
तुलसीपुर, ३० असोज । दाङ प्रहरीले हातहतियारसहित बुधबार राति प्रतिवन्धीत विप्लव नेतृत्वको नेपाल कम्युनष्टिका २१ जना नेतालाई पक्राउ गरेको छ । केहि हतियार, विष्फोटक, पदार्थ, महत्वपूर्ण दस्तावेज र २१ जना नेता एकैपटक पक्राउ पर्नु सम्भवतः यो नेपालकै पहिलो र ठूलो उपलब्धी भएको प्रहरीले बताएको छ । गोप्य सूचनाको आधारमा गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले राप्ती ब्युरोको बैठक बसीरहेको समयमा दाङको राजपुर गाउँपालिका – ४ मरठे स्थित एक घरबाट राति १ बजे प्रहरीले घेरा हालेर पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

‘२१ केन्द्रय र स्थानीय नेता नेता पक्राउ पर्नुका साथै हतियार, विष्पोठक पदार्थ र केहि महत्वपूर्ण दस्तावेज प्रहरीले बरामद गरेको छ,’ दाङका प्रमुख जिल्ला अधिकारी रिजालले भने–‘सबै बिबरण त मैले पनि प्राप्त गरेको छैन । तर प्रहरीले अनुसन्धान गरिहेको छ ।’
सबै बिबरण भोली उपलब्ध गराउने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए । अनुसन्धान भइरहेकाले पक्राउ परेको सबैको नाम भन्न नमिल्ने प्रहरी उपरीक्षक भट्टराइले बताए । ‘ एउटाले पाँच वटा नाम भन्छ,’ प्रहरी उपरीक्षक भट्टराईले भने– ‘यो हो कि त्यो हो । प्रहरीले दिएको नाम त आधिकारीक हुनु प¥यो नी । त्यतिकै दिएर त भएन ।’

विप्लव माओवादीका एक नेताले उपलब्ध गराएको बिबरण अनुसार पक्राउ पर्नेमा नेत्र विक्रम चन्द विप्लवका दाई तथा केन्द्रीय सदस्य एवं लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज चन्द्रबहादुर चन्द (वीरजङ्ग) , राप्ती ब्युरो ईन्चार्ज केशवबहादुर बाँठा मगर (सुवास), राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा (सुन्दर) राप्ती ब्युरो कार्यालय सचिव सविन पोख्रेल, दाङ जिल्ला ईन्चार्ज यमलाल कटुवाल(विक्रम), दाङ जिल्ला सेक्रेटरी प्रदीप वली , युवा संगठन नेपाल, केन्दीय अध्यक्ष बविन केसी (पाटन, जंगली) बुद्धिजिवी सुनिल पौडेल, दाङ एरिया नम्बर ४ ईन्चार्ज एकराज चौधरी, दाङ एरिया नम्बर १ ईन्चार्ज धनबहादुर बोहोरा (महान), पूर्व जनमुक्ति सेना तिलक पुन , दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष सुरज विक, पार्टी सदस्य हितप्रसाद रोका रहेका छन् । त्यसैगरी पक्राउ पर्नेमा पार्टी सदस्यहरु पोष्टमान घर्ती, दलबहादुर खत्री , अमित घर्तिमगर, बालकृष्ण शर्मा, ीत क्षेत्री, रमेश आचार्य, कुलबहादुर वली र बिष्णु थापा रहेका छन् ।

 

प्रकाशित मिति : २०७६ असोज ३० गते बिहिवार
प्रतिक्रिया