अन्धाधुन्ध बञ्चरो प्रहारबाट एककाे मृत्यु २ घाइते

हेटौंडा, ३० असोज
मकवानपुरको बकैया गाउँपालिका ३ जलजलेमा मा एक व्यक्तिले अन्धाधुन्ध बञ्चरो प्रहार गर्दा महिलाको मृत्यु भएको छ भने महिलाका श्रीमान र अर्का एक व्यक्ति घाइते भएका छन् ।

स्थानीय सुकबहादुर पाख्रिनले आपसी विवादका क्रममा बञ्चरो प्रहार गर्दा सन्तमाया लोको मृत्यु भएको हो ।

बञ्चरो प्रहारबाट सन्तमायाका श्रीमान् कुलबहादुर र स्थानीय २६ वर्षीया दिवीमाया मोक्तान घाइते भएका छन् । दुवैको टाउको र निधारमा चोट लागेको र चुरेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सुकबहादुरलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २०७६ असोज ३० गते बिहिवार
प्रतिक्रिया