कपुरकोटमा बालबिवाह गर्ने र गराउने सात जना पक्राउ

सल्यस्न, २८ असोज । पण्डित सहित सल्यानमा बाल विवाह गर्ने र गराउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कपुरकोट गाउँपालीका वडा नम्बर ५ जामुने स्थित फल्ले पानीमा वाल विवाह भएर टिका टालो गर्दै गर्दा गोप्य सुचनाका आधारमा १५ बर्षिय केटि र १४ बर्षकि केटिलाई आइतबार दिउसो ईलाका प्रहरी कार्यलय लुहाम बाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

यस्तै वालविवाह गराउने ५५ बर्षिय बेहुलाका बुवा, ५० बर्षिय आमा पक्राउ परेका छन । यस्तै बेहुलीका ५६ बर्षका बुवा , ४२ बर्षिय आमा र पण्डित त्रिबेणी गाउँपालीका वडा नम्बर ५ टुनिबोट बस्ने ४८ बर्षिय हरी प्रसाद गौतम सहित ७ जना लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

उमेर नपुगी उनिहरु बिच विवाह भएको भन्ने गोप्य सुचनाका आधारमा आईतबार उनिहरुलाई पक्राउ गरिएको प्रहरी नायव निरक्षक उमाकान्त जोसिले बताउनु भयो । दुलहा र दुलही एउटै विद्यालयमा अध्ययनरत थिए र उनिहरुले प्रेम बिवाह गरिएको बुझिएको छ । कानुनमा बालविवाह गर्ने गराउनेलाई न्यूनतम् डेढ वर्षदेखि तीन वर्ष कैद र ३० हजार देखि १५ हजारसम्म जरिवानाको व्यवस्था छ ।
दुई वर्षको अवधीमा ६ बालबिबाह रोकिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गत हप्ता मात्रै बालविवाह गरेको आरोपमा सिद्ध कुमाख गाउँपालिकाबाट सात जना पक्राउ परेका थिए भने फेरी यो पटक कपुरकोट गाउँपालिकाबाट सात जना पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २०७६ असोज २८ गते मङ्गलवार
प्रतिक्रिया