कौडा सहित पाँच जना पक्राउ

दाङ, २७ असोज ।  पुर्वी नवलपरासीमा  गएराती कौडा सहित पाँच जना पक्राउ परेका छन् । जिल्लाको कावासोती नगरपालिका १५ स्थित सोलाटारी होटलमा अवैध कौडा खेली रहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई सात थान कौडा ,विभिन्न समान र नगद ६७ हजार बढि रुपैया सहित पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा सोहि नगरपालिका वडा नम्वर १४ वस्ने वर्ष ४२ को मदन श्रेष्ठ , सोहि वडाका ४५ बर्षिय मोतीराम महतो, १५ वस्ने वर्ष २७ को युवराज महतो , १४ वस्ने ४५ बर्षिय मोतीराम महतो,
वडा नम्वर ३ वस्ने वर्ष ४० का प्रेम वहादुर थापा र वडा नम्वर ९ वस्ने वर्ष ४४ का भोजराज गिरी रहेका छन् ।

प्रकाशित मिति : २०७६ असोज २७ गते सोमवार
प्रतिक्रिया