नेकपाको जिल्ला स्तरिय प्रचार भेला तथा प्रशिक्षण कार्यक्रम

तुलसीपुर, २७ असोज । नेकपा प्रचार तथा प्रकाशन विभाग जिल्ला संगठन दाङले सोमवार तुलसीपुरमा जिल्ला स्तरिय प्रचार भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । प्रचार विभाग प्रमुख शरद अधिकारीको अध्यक्षता एवं नेकपा ५ नम्वर प्रदेश कमिटि सचिव जग प्रसाद शर्मा अपारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।कार्यक्रममा प्रेस संगठन आवद्ध पत्रकार, नेकपा निकट सञ्चार माध्यमका प्रतिनिधि, स्थानीय तहका प्रेस संयोजक, जनप्रतिनिधिका स्वकीय सचिव तथा पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानिय तह देखी केन्द्र सरकार सम्म कम्युनिष्ट पार्टीको सरकार भएकाले पार्टीलाई एक ढिक्का कसरी बनाउने, नेकपाले नेतृत्व गरेको स्थानिय सरकारले जनताका मर्म र भावनालाई कसरी सम्वोधन गर्ने, लामो समय सम्म सरकारलाई टिकाउनका लागी सन्चार माध्यममा आवद्ध पत्रकारको भुमिका कस्तो रहने लगाएतका विषयमा छलफल तथा अन्र्तक्रिया गरिएको थियो ।

प्रकाशित मिति : २०७६ असोज २७ गते सोमवार
प्रतिक्रिया