मासु खाएर पाँचथरमा मुत्यु हुनेको संख्या तिन पुग्यो

पाँचथर , २७ असोज । पाँचथर कारागार भित्रै सुँगुर काटेर मासु खाँएर मुत्यु हुनेको संख्या तिन पुगेको छ । मासु खाएकै कारण बिरामी परेका मधये थप एक जना कैदीबन्दीको मुत्यु भए पछि संख्या तीन पुगेको छ ।मुत्यु हुनेमा कारागारमा कैद भुक्तान गरिरहेका जिल्लाको फिदीम नगरपालिका–१० का ३४ वर्षीय जयप्रकाश जवेगु, फालेलुङ गाउँपालिका–८, का २५ वर्षीय बुद्धि केरुङ र फालेलुङ–६ का सुन्दर राई रहेका छन् ।सुँगुरको मासुसँगै पित्त खाँदा बिरामी परेका सुन्दरको उपचारको क्रममा झापाको बीएण्डसी अस्पतालमा उपचारको क्रममा आइतबार निधन भएको कारागारका प्रमुख सुरेन्द्र मुखियाले बताउनुभयो ।असोज १९ गते राति दशैँको अवसरमा कारागार भित्रै सुँगुरको मासु खाँदा एक्कासी चार जना विरामी परेका थिए ।

प्रकाशित मिति : २०७६ असोज २७ गते सोमवार
प्रतिक्रिया