कुखुरा पालक किसान भन्छन् ,आर्कषण धेरै, आम्दानी थौरे

लक्ष्मण विश्वकर्मा, तुलसीपुर २७ असोज । दाङ घोराही उपमहानगरपालीका वडा नम्बर ९ ढिकपुरका किसान कमल बुढाथोकीले ब्रोईलर कुखुरा पाल्न थालेको तिन वर्ष भयो ।आम्दानी राम्रै हुने सम्भावना देखेपछि उनले यो व्यवसाय सुरु गरे । उनले दुई वटा कुखुराको खोर निर्माण गरी ब्रोईलर कुखुरा पाल्न सुरु गरे । सुरुमा छ सय देखी आठ सय सम्म चल्लाबाट कुखुरा पालन व्यवसाय सुरु गरे ।
तर आफुले लगानी गरे अनुसारको आम्दानी गर्न नसके पछि उनी अहिले आफनो व्यवसायबाट सन्तुष्टि छैनन् । कुखुराको चल्ला र दानाको मुल्य महंगो हुने तर आफुहरुले उत्पादन गरेको कुखुराको विक्रि मुल्य थोरै हुदा व्यवसाय घाटामा रहेको उनले बताएका छन् । चल्ला र दानाको मुल्य बढ्दै जाने आफुले उत्पादन गरेको कुखुराको मुल्य घट्दै जानुले आम्दानी हुन छाडेको उनको भनाई छ ।
यस्तै अर्का किसान सिर्जिङ कुंवरको पनि यस्तै गुनासो रहेको छ । आफुले कुखुरा उत्पादनमा खर्च गरे अनुसार लगानी उठाउन मुस्किल परेको उनले बताए । कुखुरा पाल्न सुरु गरेको लामो समय भएपनि कुखुराको मुल्य बृद्धि नहुदा राम्रोे आम्दानी गर्न नसकेको उनको भनाई छ । जसले गर्दा आफुहरु जस्ता कुखुरा पालक किसानहरु मर्का परेको उनले बताएका छन् । साथै उनले कुखुराको मुल्य समायोजन गरिदिन स्थानिय सरकारसंग माग गरेका छन । कुखुराले उचित मुल्य नपाउदा आफुरु मर्कामा परेको भन्दै यसमा राज्यले आफुहरु जस्ता किसानलाई सहुलियतमा ऋण दिने व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

जिल्लामा उत्पादन भएका कुखुराले मुल्य नपाउदा किसानलाई लगानी समेत उठाउन मुस्किल परेको किसान सरोकार मन्च दाङले जनाएको छ । आम्दानीको श्रोत राम्रै हुने भएपछि यसप्रति आर्कषित भएका किसानहरु अहिले चिन्तीत बनेका छन ।किसानको समस्यालाई मध्यनजर गदै आफुहरुले मुल्य बृद्धिको माग गरी चरणबद्ध आन्दोलनको तयारी गरेको दाङका अध्यक्ष विष्णु न्यौपानेले बताएका छन् ।जिल्लामा साढे तिन सय भन्दा वढि किसान बोईलर कुखुरा व्यवसायीमा आवद्ध भएको उनले जानकारी दिएका छन् ।संगठनको तर्फबाट आफुहरुले स्थानिय सरकार, सम्वन्धित निकाय, चल्ला खरिद तथा विक्रि गर्ने व्यवसायी संग आबश्यक छलफल गर्ने र माग पुरा नभएमा कुखुरा खोर बन्द गरि आन्दोलनमा उत्रने अध्यक्ष न्यौपानेले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०७६ असोज २७ गते सोमवार
प्रतिक्रिया