पार्टी बलियो बनाउन नेता कार्यकर्ता जुटौँ : खड्का

तुलसीपुर, २७ असोज । नेकपा तुलसीपुर उपमहानगरपालिका ४ को वडा कमिटिले सुकिदहमा दशै मिलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्वोधन गदै नेकपा दाङका अध्यक्ष टिकाराम खड्काले पार्टीलाई अझ मजबुद बनाउनका लागी नेता देखी कार्यकर्ता सम्म एक जुट हुनु पर्ने बताएका छन् । उनले स्थानिय तह देखी संघिय सरकार सम्म नेकपाको बहुमत सरकार भएकाले यसमा जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्ता बिचको समन्वय र सहकार्य हुन सकेमा पार्टी बलियो हुने दावी गरेका छन् ।

वडा कमिटिका अध्यक्ष गणेश प्रसाद गिरीको अध्यक्षमा भएको कार्यक्रममा नेकपा प्रदेश ५ कमिटिका सदस्य रामजी चौधरी, ४ नम्बर वडाका अध्यक्ष बालकृष्ण राना(धुव्र), जिल्ला सचिवालय सदस्य पदम केसी, तारा देवकोटा, सावित्रा रिजाल, तुलसी थापा, मनसरा वली, कलिभान रोका, तुलसीपुर नगर कमिटिका अध्यक्ष खुशीराम चौधरी, सचिव माधव वली,तुलसीपुर कार्यपालिका सदस्य डिला परियार, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वली, वडाका पुर्व अध्यक्ष टिकाराम पुन, नगर कमिटि सदस्यहरु दोलक खत्री, भुव बहादुर पुन, वडा कमिटिका सल्लाहकारहरु हुम बहादुर थापा र धुव्र देवकोटा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विमला खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा कमिटि सचिवालय सदस्य तेजेनद्र डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ असोज २७ गते सोमवार
प्रतिक्रिया