चिनले नेपाललाई ३.५ अर्ब आरएमबी अर्थात ५६ अर्व रुपैया सहयोग गर्ने

काठमाडौ, २६ असोज । नेपाल भ्रमणमा काठमाडौ आईपुगेका चिनियाँ राष्ट्रपति सि जिनफिङले विश्वविद्यालयका क्षेत्रमा पनि सहयोग गर्न तथा सुविधा विस्तार गर्न चीन तयार रहेको बताउँदै नेपालीको जीवनस्तर उकास्नका लागि सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब आरएमबी(झण्डै ५६ अर्ब नेपाली रुपैयाँ) उपलब्ध गराउने बताएका छन् । नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी सहितको भेटवार्तामा उनले यस्तो बताएका हुन् । साथै उनले नेपालमा कम्युनिष्ट पार्टीले शासन सम्हालेपछि गरेको विकासका लागि हार्दिक बधाई व्यक्त गर्दै चीनले शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तका आधारमा सम्बन्ध स्थापना गरेको र सबैका लागि सबैसँग मिलेर सम्बन्ध बलियो बनाउने प्रयास गरेको बताउनुभयो ।

प्रकाशित मिति : २०७६ असोज २६ गते आइतवार
प्रतिक्रिया