बस दुर्घटनाका मृतक परिवारलाई गाउँपालिकाले प्रति परिवार २५ हजार दिने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० मा शुक्रवार भएको बस दुर्घटनामा मृत्यु भएकाको परिवालाई गाउँपालिकाले २५ हजारका दरले रकम दिने भएको छ । बडहरेबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई गाउँपालिकाले जनही २५ हजारका दरले खर्च दिने भएको हो । गाउँपालिकाले घाइतेको शिघ्र स्वास्थ्यलाभ र मृतक प्रति समवेदना व्यक्त गरेको छ । दशैं मनाउन गाउँ गएकाहरु राजधानी फर्कने क्रममा बस दुर्घटना भएको हो ।

बा २ ख २७१५ नम्बरको बस सडकबाट दुईसय मिटर तल खसेको र बस चालकको समेत मृत्यु भएको थियो । अहिलेसम्म मृत्यु हुनेको संख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले सीआईएनलाई जानकारी दिनुभयो । बसमा क्षमता भन्दा धेरै यात्रु चढेका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ्गले घाइतेहरुको उपचारका लागि आफ्नो तर्फबाट सकेसम्मको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रकाशित मिति : २०७६ असोज २५ गते शनिवार
प्रतिक्रिया