पाल्पामा पाँच लाख बढि नगद सहित १९ जुवाडे पक्राउ

तुलसीपुर, २४ असोज । पाल्पामा प्रहरीले १९ जना जुवाडेलाई पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको छ । जिल्लाको तानसेन नगरपालिका वडा नम्वर १ गैरागाउँ स्थित हुमराज बस्यालको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नगद पाँच लाख चौवन्न हजार पाँच सय बयासी रुपैया सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । जुवा खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा गरीएको प्रहरी टोलीले उनीहरुको साथबाट २२ थान तास, भारतिय नोट पाँच हजार दुई छेयाननव्वे रुपैया समेत बरामद गरेको हो । पक्राउ पर्नेहरुमा सोहि वडाका ३९ वर्षिय किरण शर्मा, ४८ वर्षिय सन्तोष खाती, २८ बर्षिय किस्मत खाती, २८ वर्षिय सुनिल पंगेनी, ४२ वर्षिय हरिप्रसाद शर्मा, ३९ वर्षिय देवराज बस्याल, ४१ वर्षिय किरण खत्री, ५५ वर्षिय रामु खड्का,४४ वर्षिय अनिरुद्धव सिंह खड्का लगाएतका रहेका छन् । उनीहरु माथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।

प्रकाशित मिति : २०७६ असोज २४ गते शुक्रवार
प्रतिक्रिया