तुलसीपुरमा प्रहरीद्धारा जुवाको खालमा छापा

तुलसीपुर, २४ असोज
तुलसीपुर प्रहरीले जुवाको खालमा छापा हानेर ७ जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले तुलसीपुर उपमहानगर– ६ गाईडरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँका नारायण केसी, इन्द्रबहादुर बुढाथोकी, सन्तोष केसी, हेमराज अधिकारी, खड्क न्यौपाने, भिमबहादुर खड्का र तुलसीपुर ५ का चुर्णबहादुर नेपालीलाइ  नियन्त्रणमा लिएको  इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रहरी प्रमुख चक्र डम्बर पालले जानकारी दिए । जुवाको खालबाट ५२ हजार ८ सय ६० रुपैयाँ सहित तास बरामद गरेको निमित्त प्रहरी प्रमुख पालले जानकारी दिए । पक्राउ परेका सबैलाई आजै म्याद थप गरी अनुसन्धान गरिने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ असोज २४ गते शुक्रवार
प्रतिक्रिया