Update : सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा परि मुत्यु हुनेको संख्या ११ पुग्यो

काठमाण्डौ, २४ असोज । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० बडहरे झिल्केमा भएको बस दुर्घटनामा परि मुत्यु हुनेको संख्या ११ पुगेको प्रहरीले बताएको छ । मुत्यु हुनेमा चालक केदारनाथ महाजु, हिरा श्रेष्ठ, बिनोद लम्साल, रितेश आचार्य, गणेश तामाङ, जुनादेबि लम्साल, मिना मगर, सुवास अधिकारि, सुमीत मुर्कोटि, संगतिा मिजार,र समिता श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिल्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले जानकारी दिएका छन् ।

अहिलेपनि घटना स्थलमा प्रहरी टोलीले घाईतेहरुको उद्धार कार्य भईरहेको जनाईएको छ । बसमा कति सवार यात्रु थिए भन्ने एकिङ नखुले पनि ५० जना भन्दा धेरै घाइते भएको अनमाुन गरिएको प्रहरीले बताएको छ । जिल्लाको सिपाटारबाट काठमाण्डौका लागि छुटेको बा २ ख २७ १५ नम्बरको बस शुक्रवार बिहान पौने १० बजे दुर्घटना भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीे बताएको छ ।।

प्रकाशित मिति : २०७६ असोज २४ गते शुक्रवार
प्रतिक्रिया